Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : दिल्लीको चौंथो जित, कोलकाताको लगातार पाँचौं हार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ ।

मुम्बईमा गएराति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको हो ।

कोलकत्ताले दिएको १ सय ४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

जीतसँगै दिल्लीले ८ खेलमा ८ अंक जोडेको छ । दिल्ली छैटौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077