काठमाडौँ । निर्वाचन आयोगले सरकारलाई वैशाख ३० गते नेपालभर सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ ।
आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको दिन देशभर सार्वाजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए ।
त्यस्तै स्थानीय तह निर्वाचनमा मतदान स्थल र केन्द्र तोकिएका सबै भौतिक संरचना मतदान प्रयोजनका लागि वैशाख २८ गते देखि ३० गतेसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय भएको सहायक प्रवक्ता अर्यालले बताए ।