Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा

काठमाडौं । सनराईजर्स हैदरावादलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईमा बुधवार राति भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।

हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य गुजरातले २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो ।

गुजरातको यो सातौं जीत हो । जितसँगै शीर्ष स्थानमा उक्लिएको गुजरातले ८ खेलमा १४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077