Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एएफसी एसियन कप छनोटको तयारीमा रहेका ९ खेलाडीले छाडे प्रशिक्षण

    एएफसी एसियन कप छनोटको तयारीमा रहेका ९ खेलाडीले छाडे प्रशिक्षण

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका बन्द प्रशिक्षणमा रहेका खेलाडीले विद्रोह गरेका छन् । एएफसी एसियन कप छनोटको तयारीमा रहेका ९ जना खेलाडीहरुले विद्रोह गरेका हुन् ।

    प्रशिक्षणमा रहेका २५ जना मध्ये ९ जना खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडेको बताइएको छ । मंगलबारको प्रशिक्षणपछि सबै खेलाडी रंगशाला नजिकै होटल गएका थिए । तर राति ९ बजे ९ जना खेलाडीहरुले होटल छाडेको बताइएको छ ।



    होटल छाडेका खेलाडीहरु सम्पर्कमा नआएको र यसबारेमा व्यवस्थापनले एन्फा नेतृत्वलाई जानकारी गराइसकेको छ । कुवेतमा हुने एसियन कप–२०२३ को छनोटका लागि नेपाली टोलीले वैशाख २ गतेबाट प्रशिक्षण सुरु गरेको थियो ।



    प्रशिक्षण सुरु गरेकै दिन मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो टिम चीनमा हुने एसियन कपका लागि छनोट हुन नसक्ने ठोकुवा गरेका थिए । छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारमा मैत्रीपूर्ण खेल खेल्ने तालिका थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार