काठमाडौं । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् ।
महानगरमा पुनः उम्मेदवारको दौडमा रहेका पराजुलीलाई पार्टीले टिकट दिएको थिएन् । विराटनगरमा नागेश कोइरालाले मेयरमा उम्मेदवारी दर्ता गराएको पर्सिपल्ट पराजुलीले राजीनामा दिएका हुन् ।
उम्मेदवार बन्नेले राजीनामा दिनुपर्ने भए पनि पराजुलीले पनि राजीनामा दिएका हुन् । पराजुलीले नैतिकतको आधारमा राजीनामा दिएको उनको पत्रमा उल्लेख छ ।
नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएपछि पदमा बसिरहनु उचित नहुने भन्दै राजीनामा दिएको उनको भनाइ छ ।
Leave a Reply