Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परीक्षामा अनावश्यक अनुगमन नगर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले शैक्षिक संस्थाले लिने परीक्षामा अनावश्यक अनुगमन नगर्न आग्रह गरेको छ।

मन्त्रालयले विभिन्न विश्वविद्यालय वा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीहरुलाई उत्तरपस्तिका वितरण गर्नुपूर्व एवं परीक्षा अवधिभर अनावश्यक अनुगमन नगर्न आग्रह गरेको हो।

मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तीमा, ‘कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारले तस्विर वा भिडियो नलिन तथा तोकिएका निरीक्षक बाहेक अनुगमनका नाममा ठूलो संख्यामा वाह्य व्यक्तिहरु एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न नगराउनहन सम्बन्धित सबैमा जानकारी गराइन्छ।’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077