Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : बैंगलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयलले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि २९ रनको जित हात पारेको छ।

मंगलबार राति भएको खेलमा पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । राजस्थानका लागि रियान प्रयागले अविजित ५६ रनको पाली खेले।

जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोर १९ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर ११५ रनमा समेटियो। राजस्थानका कुलदीप सेनले ४ विकेट लिए।

जितसँगै राजस्थान ८ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077