Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • स्थानीय निर्वाचन अपडेट : उम्मेदवारको संख्या एक लाख ५० हजार नाघ्यो

    स्थानीय निर्वाचन अपडेट : उम्मेदवारको संख्या एक लाख ५० हजार नाघ्यो

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडौं । स्थानीय तह चुनावका लागि उम्मेदवारी दिनेको संख्या डेढ लाख नाघेको छ । निर्वाचन आयोगले हिजो राति उपलब्ध गराएको तथ्याँकअनुसार विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको हो ।

    मेयरमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपमेयरमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको आयोगले जनाएको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।



    मेयर, अध्यक्ष, उपमेयर, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा ९एमाले० बाट परेको छ । आयोगकाअनुसार एमालेबाट मेयरमा २८८ र अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको छ । उपमेयरमा २८३ र उपाध्यक्षमा ४४५ उम्मेदवारी परेको छ ।



    त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट मेयरमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट मेयरमा १ हजार ३७६ र अध्यक्षमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । कूल ३५ हजार २२१ पदका लागि आउँदो ३० गते मतदान हुँदैछ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार