Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • स्थानीय तह निर्वाचनका लागि चार गुणा बढी उम्मेदवारी

    स्थानीय तह निर्वाचनका लागि चार गुणा बढी उम्मेदवारी

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 909
    SHARES

    काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पदभन्दा चार गुणा बढी उम्मेदवारी परेको छ ।

    देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ५ सय ९८ जनाको उम्मेदवारी परेको हो । मंगलबार रातिसम्म पनि निर्वाचन आयोगले उम्मेदवारको विवरण रुजु गर्ने कार्य जारी राखेको थियो ।



    निर्वाचन आयोगका अनुसार मंगलबार रातिसम्म नगर प्रमुखमा ३ हजार ४ सय ६६ जना र उपप्रमुखमा २ हजार १ सय ३६ जनाको उम्मेदवारी रुजु भएको छ । यसैगरी अध्यक्षमा ३ हजार ३ सय ७८ जना र उपाध्यक्षमा २ हजार ३ सय ९२ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।



    यसैगरी ६ हजार ७ सय ४३ वडाको वडा अध्यक्ष पदका लागि ३४ हजार ९ सय ५८ जनाको उम्मेदवारी दर्ता भएको आयोगले बताएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार