Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भन्सार कार्यालय तिनकुनेका तत्कालीन नासु थापा विरुद्ध भ्रष्टाचार मुद्धा दायर

    भन्सार कार्यालय तिनकुनेका तत्कालीन नासु थापा विरुद्ध भ्रष्टाचार मुद्धा दायर

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । भन्सार जाँचपास परिक्षण कार्यालय तिनकुने काठमाण्डौका तत्कालीन नायव सुब्बा देवी बहादुर थापा विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सोमबार थापा विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।



    थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धानगर्दा १ करोड ८७ लाख बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पाइएको थियो ।



    आयोगले एक करोड सतासी लाख सतचालीस हजार विगो माग गरि आरोपपत्र दायर गरेको जनाएको छ । साथै प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार