Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भन्सार छली ल्याएका गहनासहित दुई जना पक्राउ

    भन्सार छली ल्याएका गहनासहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    सिरहा । लहान नगरपालिका–३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट प्रहरीले चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

    भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदीका गरगहना सहित आइतबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका–९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् ।



    ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गर–गहनाहरु फेला पारी पक्राउ गरेको हो ।

    उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार