Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता घिमिरे भन्छन्-'सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ'

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीति छोड्ने भएका छन् ।

सामाजिक सञ्जालमार्फत घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका हुन् । नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका घिमिरेले स्थानीय तह निर्वाचनलगत्तै निर्णय लिने बताए ।

स्थानीय निर्वाचनमा देशभर उम्मेदवार बन्नेहरुलाई उनले जितको शुभकामना समेत दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-'सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ । स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा देशभरी उम्मेदवार भएका साथिहरुलाई विजयको शुभकामना छ ।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077