Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका विरुद्ध आज उजुरी दिन सकिने

    स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका विरुद्ध आज उजुरी दिन सकिने

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरुद्ध आज उजुरी दिन पाइने छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेसम्म उम्मेदवार उपर उजुरी दिन सकिनेछ ।

    मनोनयन दर्ता गराएको व्यक्ति आयोगले तोकेको मापदण्ड अनुसार उम्मेदवार बन्न अयोग्य रहेको भएमा कारणसहित उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयमै उजुरी दर्ता गराउन सकिनेछ ।



    हिजो र अस्ति मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची कतिपय निर्वाचन अधिकृतका कार्यालयहरुले गएराति नै प्रकाशन गरिसकेका छन् भने बाँकी रहेका कार्यालयले आज प्रकाशन गर्नेछन्।



    आयोगले बैशाख १४ र १५ गते मनोनयन पत्र जाँचबुझ गर्ने र उजुरी उपर जाँचबुझ गरेर निर्णय गर्नेछ । पर्सि १५ गते बेलुकी पाँच बजेसम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

    १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार