काठमाडौं । आसन्न स्थानीय तह चुनावका लागि २० हजार जनाभन्दा बढी पर्यवेक्षक खटिने भएका छन् ।
निर्वाचन आयोगमा पर्यबेक्षकका लागि ६८ वटा संस्थाले अनुमति लिएका थिए । ती संस्थाबाट २० हजार बढी पर्यबेक्षक चुनावमा खटिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
२० हजार पर्यवेक्षकलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने प्रवक्ता पौडेलले बताए ।
यसैबीच, निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
Leave a Reply