Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • युक्रेनी राष्ट्रपति र अमेरिकी शीर्ष अधिकारीबीच भेटवार्ता, युक्रेनको सहयोगबारे छलफल

    युक्रेनी राष्ट्रपति र अमेरिकी शीर्ष अधिकारीबीच भेटवार्ता, युक्रेनको सहयोगबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोयड अस्टिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । विदेशमन्त्री र रक्षामन्त्री आइतवार किएभ पुगेका थिए ।

    रुसले आक्रमण थालेपछि भएको अमेरिकी उच्च अधिकारीहरुको भ्रमणका क्रममा रक्षा सहयोग, रुसमाथिको प्रतिबन्ध थप बलियो बनाउने, युक्रेनलाई आर्थिक सहयोग र सुरक्षा ग्यारेन्टीबारे छलफल गरेको युक्रेनले निकालेको विज्ञप्तिमा उल्लेख छ ।



    अमेरिकाले युक्रेनका लागि तीन दशमलव चार बिलियन अमेरिकी डलर रक्षा सहयोग उपलब्ध गराएको छ । आर्थिक सहायता कार्यक्रममा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई द्वन्द्वपछिको पुनः प्राप्तिमा मद्दत गर्ने र अमेरिकी बजारमा युक्रेनी सामानको पहुँचलाई सहज बनाउने आशा रहेको बताए ।



    उनले रुसलाई थप प्रतिबन्ध लगाउने अवधारणापत्र अमेरिकी पक्षलाई हस्तान्तरण गर्दै रुसमाथि थप प्रतिबन्ध लगाउन पनि आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार