Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तह निर्वाचनका लागि एक लाख ४ हजार १२३ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सोमबार राति ११ बजेसम्म देशभर १ लाख ४ हजार १२३ जनाको उम्मेदवारी परेको छ ।

आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा महानगरपालिका–उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा दुई हजार ७४४ र उपप्रमुख पदमा एक हजार ६९९ उम्मेदवारी परेको हो ।

निर्वाचन आयोगका अनुसार गाउँपालिकाको अध्यक्षको पदमा दुई हजार ९४१, उपाध्यक्ष पदमा दुई हजार २३ र वडाअध्यक्ष पदमा २५ हजार ६४ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, महिला सदस्य पदमा १७ हजार ४६७, दलित महिला सदस्यमा १५ हजार ६९७ र सदस्यमा ३६ हजार ४८८ जनाको उम्मेदवारी परेको बताइएको छ ।

कुन प्रदेशमा कति ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077