काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि ५६ र उपमेयर पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मेयरमा उम्मेदवार दिएका मध्ये ८ जना महिला रहेका छन् ।
उपमेयर पदमा उम्मेदवारी दिने ३१ जनामध्ये १२ जना दलकातर्फबाट र ९ जना स्वतन्त्रतर्फबाट उम्मेदवार बनेका छन् । उपमेयरतर्फ १२ जना महिला रहेका छन् ।
मनोनयन दर्ताको पहिलो दिन मेयर पदका लागि १६ र उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्लाका पालिकाहरुमा जम्मा १ हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
Leave a Reply