Online Nepal
  • बुधबार, १० पुष २०८१
  • निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गर्न आग्रह

    निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गर्न आग्रह

    अनलाइन नेपाल
  • सोमबार, १२ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । नेपाल पत्रकार महासङ्घले महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता त्याग्न सबैलाई आह्वान गरेको छ । निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल हुने काम नगर्नसमेत महासङ्घले आग्रह गरेको छ ।

    “महासङ्घले सधैँ साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यसको गरिमा, साख र साझा चरित्र बचाउन हरेक सदस्यको भूमिका महत्वपूर्ण रहिआएको छ”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।



    निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने विज्ञप्तिमा उल्लेख छ ।



    सो व्यवस्थाको पालना गर्दै सत्यतथ्य, निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राख्न पनि महासङ्घले आग्रह गरेको छ ।

    निर्वाचनका समयमा महासङ्घका सदस्यको भूमिकाको अनुगमन गरी यथार्थ विवरण सङ्कलन गर्न महासङ्घको आचारसंहिता तथा अनुगमन विभागले अनुगमन गरिहेको छ ।

    महासङ्घका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्य उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने निर्णय समेत गरिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार