सप्तरी । राजविराज नगरपालिका वडा नम्वर ६ को वडाध्यक्षका लागि युवा नेता प्रेम कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले यही ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै यादवले आफ्नो ठाउँको मुहार फेर्नका लागि चुनावमा प्रतिस्पर्धा गर्न लागेको बताए ।
उनी निर्वातमान वडाध्यक्ष समेत हुन् ।
Leave a Reply