Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनकपुरधामको मेयरका लागि एमालेबाट शिवशंकर साहले पाए टिकट

जनकपुरधाम । नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा शिवशंकर साह ‘हिरा’ को नाम टुंगो लगाएको छ ।

एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा हिरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले शनिबार ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन गरेपनि जनकपुरधाम उपमहानगरको उम्मेदवार चयन गर्न सकेको थिएन । धेरै रसाकस्सी पश्चात् आइतबार मध्यराति उम्मेदवारको टुंगो लगाएको छ ।

जनकपुरधाममा सुरुमा हिराको मात्र एकल नाम सिफारिस भएपनि केही दिनअघि मात्र लोसपा परित्याग गरी वडा नम्वर ७ का अध्यक्ष जानकीराम साह एमालेमा प्रवेश गरेपछि उम्मेदवार छान्न सकस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077