Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेबाट इलाम नगरपालिकाको प्रमुखमा चेम्जोङ र उपप्रमुखमा रिजाल

इलाम । नेकपा एमालेले इलाम नगरपालिकाको प्रमुखमा धिरेन चेम्जोङलाई उम्मेदवार बनाउने भएको छ ।

यसअघि प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि असन्तुष्ट समुहले पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।

एमालेको प्रदेश कमिटीले नगरपालिका प्रमुखमा चेम्जोङको नाम टुंगाे लगाएपछि पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र मनोनयनमा लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने तयारी भइरहेको छ ।

एमालेले नगरको उपप्रमुखमा सिता रिजालको नाम टुंगाएकाे छ । नेपाली कांग्रेसबाट प्रमुखमा केदार थापा र उपप्रमुखमा विष्णु दाहाल उम्मेद्वार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077