कञ्चनपुर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल हुने भएको छ ।
सोमबार बिहान भएको सहमतिअनुसार नौ स्थानीय तहमध्ये माओवादीले पाँच स्थानीय तह प्रमुख लिने र एकीकृत समाजवादीले चार स्थानीय तह प्रमुख लिने भएका छन्। कांग्रेस अब कञ्चनपुरमा प्रतिस्पर्धामा गएका हो ।
२ दलीय सहमति अनुसार वैशाख ३० हुने निर्वाचनमा जिल्लास्थित ५ पालिकामा माओवादी केन्द्रले र ४ पालिकामा एकीकृत समाजवादीले प्रमुख पाउने गरी तालमेल गरिएको छ ।
उपप्रमुखमा भने ६ स्थानमा माओवादी केन्द्र र ३ स्थानमा मात्रै समाजवादीले उम्मेदवारी दिने भएको छ । जिल्लाको बेल्डाँडी गाउँपालिकामा भने माओवादी केन्द्रले नै प्रमुख र उपप्रमुख पाउने भएको हो ।
जिल्लाका ९२ वडामै दुई पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। उनीहरूले कुन स्थानीय तहको कुन वडा कसले लिने भन्ने पनि सहमति पत्रमा उल्लेख गरेका छन्।
Leave a Reply