Online Nepal
  • बुधबार, १० पुष २०८१
  • स्थानीय तह निर्वाचन : पहिलो दिन देशभर १० हजार ५३३ जनाको उम्मेदवारी

    स्थानीय तह निर्वाचन : पहिलो दिन देशभर १० हजार ५३३ जनाको उम्मेदवारी

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबारदेखि उम्मेदवारी दर्ता सुरु गरेको छ ।

    निर्वाचन आयोगका अनुसार आइतबार साँझ ८ बजेसम्म देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् ।



    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलका अनुसार पालिका अध्यक्ष र प्रमुखमा ९८७, उपाध्यक्ष र उपप्रमुखमा ५०८ जनाको उम्मेदवारी परेको छ ।



    वडाध्यक्षमा २ हजार ९२१, वडा सदस्यमा ३ हजार ३३८, महिला सदस्यमा १ हजार ५७६, दलित महिला सदस्यमा १ हजार २०३ जनाको उम्मेदवारी परेको प्रवक्ता पौडेलले जानकारी दिए ।

    आयोगले मनोनयन दर्ताका लागि सोमबार साँझ ५ बजे अन्तिम समय निर्धारण गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार