Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • मनोनयन दर्ताको पहिलो दिनः काठमाडौं महानगरपालिकाको प्रमुखमा १६ जनाको उम्मेदवारी

    मनोनयन दर्ताको पहिलो दिनः काठमाडौं महानगरपालिकाको प्रमुखमा १६ जनाको उम्मेदवारी

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1K
    SHARES

    काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबारदेखि उम्मेदवारी दर्ता सुरु गरेको छ । सोही अनुसार काठमाडौं महानगरको मेयर पदमा पहिलो दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६ जनाको उम्मेदवारी परेको छ ।

    जसमा पुरुष १२ र महिला ४ जना रहेका छन् । त्यस्तै उपमेयर पदमा १७ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्ष र वडा सदस्यमा भने क्रमशः २३ र ७ जनाको उम्मेदवारी परेको छ । पहिलो दिन ठूला देलका नेताहरु उम्मेदवारी दर्ताका लागि आयोगमा देखिएनन् । मनोनयन दर्ता गराउन भोलिसम्मको समय तोकिएको छ।



    मुखमा स्वतन्त्रतर्फका नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका तर्फबाट सात जनाको उम्मेदवारी परेको छ । प्रमुखमा १२ पुरुष र चार महिलाले उम्मेदवारी दिएका छन् ।



    ठूला राजनीतिक दलका प्रतिनिधिले मनोनयन दर्ता गराएका छैनन् । निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन गर्न सक्ने व्यवस्था गरेको छ । ठूला दलका प्रतिनिधिले सोमबार मात्र उम्मेदवारी दिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार