Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • कांग्रेस नेता थुनिएपछि कास्कीमा गठबन्धन टुट्यो, पोखरामा केन्द्रकै निर्णय लागु हुने

    कांग्रेस नेता थुनिएपछि कास्कीमा गठबन्धन टुट्यो, पोखरामा केन्द्रकै निर्णय लागु हुने

    अनलाइन नेपाल
  • आइतबार, ११ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा कास्कीमा पनि गठबन्धन नहुने भएको छ । कांग्रेस कार्यकर्ताहरुले नाराबाजीसहित पार्टी कार्यालयमा नेताहरुलाई थुनेपछि गठबन्धन तोड्ने निर्णय भएको हो ।

    आइतबार कांग्रेस कास्कीले गठबन्धन नगरेर ुमित्रवत प्रतिस्पर्धाु गर्ने निर्णय गरेको जिल्ला सभापती किशोरदत्त बरालले जानकारी दिए ।



    गठबन्धन नगर्ने निर्णय भएपछि कास्की कांग्रेस कार्यालयको ताला पाँच घण्टापछि खुलेको छ । कास्की कांग्रेसका पदाधिकारी तथा सदस्यलाई आइतबार दिउँसो २ बजेदेखि कांग्रेस कार्यकर्ताले कार्यालयमा नै थुनेका थिए ।



    निर्णय नगरेसम्म ताला नखोल्ने चेतावनीपछि कास्की कांग्रेसले महानगरका ३३ वटै वडा र अन्य चार पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको हो । पोखरा महानगरको हकमा चाहिँ केन्द्रकै निर्णय लागु हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार