सप्तरी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारहरुले आइतबार निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका छन् ।
यहाँ १० बजेदेखि उम्मेदवारी दर्ता पक्रिया सुरु भएको हो ।
राजविराज नगरपालिकाको लागि राप्रपाबाट मेयर पदमा उमेश प्रसाद साह (कमाण्डो) र उपमेयर पदमा सरिता झाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका राजविराजका सहायक निर्वाचन अधिकृत भरतमनि पोखरेलले जानकारी दिए ।
अहिलेसम्म राप्रपा बाहेक कुनै पनि दलले उम्मेदवारी दर्ता गराएका छैन् ।
Leave a Reply