Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तह निर्वाचन : आज र भोलि मनोनयनपत्र दर्ता गरिँदै

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोननयनपत्र दर्ताको कार्यतालिका तोकेको छ ।

निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ(आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ ।

आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरेको बताएको छ ।

मनोनयनपत्र दर्ता भएको उमेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077