Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल: कोलकातालाई ८ रनले हराउँदै गुजरात शीर्षस्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । मुम्बईमा भएको खेलमा गुजरातले कोलकातालाई ८ रनले पराजित गरेको हो ।

जितको लागि १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । गुजरातका हार्दिक पाण्डेयले सर्वाधिक ६७ रन बनाए ।

कोलकाताका आन्द्रे रसेलले ४, टिम साउथीले ३, उमेश यादव र शिवम माभीले एकरएक विकेट लिए । जितसँगै गुजरात अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077