काठमाडौं । यही वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउन एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको हो ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि भोलि र पर्सि उम्मेदवारको मनोनयनका लागि तालिका तय भएको छ ।
यसअघि बिहीबार बसेको बैठकमा पार्टी महासचिवले महानगर र उपमहानगरपालिकाका आकांक्षीको नाम पेस गरिएको थियो ।
Leave a Reply