काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा १७ जना मात्र संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९१ जनाको पीसीआर परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो भने १ हजार २५६ जनाको एन्टिजेन परीक्षणमा एकजनामा पनि संक्रमण देखिएन ।
मन्त्रालयका अनुसा। हाल देशभर २८३ जना सक्रिय संक्रमित रहेका छन् ।
Leave a Reply