Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने, अधिकांश जिल्लामा नेकपा एस र जसपा ‘बाइपास’

काठमाडौं । गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबारसम्म भएको छलफलमा सहमति नभएपछि अब मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निश्कर्षसहित नेताहरुले बैठक टुङ्ग्याएका छन् ।

सत्तारुढ चार दलले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका थिए । तर, आठवटा बैठकमा पनि दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारी गरेको नेपाली कांग्रेस गोरखाले जनाएको छ ।

नेताहरुका अनुसार ११ वटा स्थानीय तह रहेको गोरखामा नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले ५ र जनता समाजवादी पार्टीले २ स्थानीय तहको नेतृत्व नछाड्ने अडान राखेका छन् । गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले भने स्थानीय तहको नेतृत्व मागेको छैन ।

यता, एकीकृत समाजवादीले भने गठबन्धनमा आफूहरुलाई ‘बाइपास’ गरिएको भन्दै विरोध जनाउँदै आएको छ । नेकपा समाजवादीका नेताहरूले महानगर र उपमहानगरबाहेकका स्थानीय तहमा काँग्रेस माओवादी एकातिर र समाजवादी अर्कोतिर हुँदै गएको बताएका छन् । उ

काँग्रेस–माओवादीले बेवास्ता गर्दा माधव नेपाल नेतृत्वको नेकपा समाजवादी नगर र पालिका तहमा एक्लिनुका साथै काँग्रेस–माओवादी एकातिर र समाजवादी अर्कोतिर हुन पुगेका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेता डा. विजय पौडेलले भने–‘शनिबार दिउँसोसम्मको अवस्थामा ७७ जिल्लामध्ये आठ–दशवटा बाहेकका जिल्लामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचमात्रै तालमेल भएको छ । ६५ भन्दा बढी जिल्लामा काँग्रेस र माओवादीको मात्रै गठबन्धन बनेको जानकारी आएको छ ।’

उनले काठमाडौँ, कास्की, धनुषा, वीरगञ्ज, मोरङ, मकवानपुर, दोलखा, चितवन, दाङ, अर्घाखाँची लगायतका केही जिल्लामा सहमति जुटे पनि बाँकी जिल्लामा आफ्नो पार्टी एक्लै चुनाव लड्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077