Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोडप्रति ध्यानाकर्षण

    मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोडप्रति ध्यानाकर्षण

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मदन भण्डारी फाउण्डेसनले हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    फाउण्डेसनका सचिव पेम्बा लामाले आज विज्ञप्ति जारी गरेर लोकतान्त्रिक र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएबापत मृत्यु वरण गर्नुपरेका दुई लोकप्रिय नेताका नाममा स्थापित संरचनालाई क्षति पु¥याउनु विकृत मानसिकता र अलोकतान्त्रिक व्यवहार भएको उल्लेख गरेका छन् ।



    विज्ञप्तिमा लोकतन्त्रको उच्चतम् अभ्यासका रुपमा रहेको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै भएको यो घटनाले लोकतान्त्रिक शक्तिलाई चुनौती दिएको अनुभूति भएको जनाउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार