सप्तरी । सप्तरीको १८ वटा स्थानीय तह मध्ये एक स्थानीय तहका अध्यक्षले पदबाट राजीनामा दिएका छन् ।
जिल्लाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले पदबाट राजीनामा दिएका हुन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । वैशाख ३० मा हुने चुनावमा फेरि उम्मेदवारी दिने भन्दै यादवले पूर्वसन्ध्यामा राजीनामा दिएका हुन् ।
निर्वाचन आयोगले उम्मेदवार हुन चाहनेले कायम रहेको लाभको पदबाट राजीनामा गर्नुपर्ने प्रावधान कायम गरेका आधारमा उनले राजीनामा दिएका हुन् ।
उनले विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी राजीनामा दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले अध्यक्ष यादवले राजीनामा दिएको पुष्टि गरेको छ । अध्यक्ष यादवले सरकारी गाडीसमेत फिर्ता गरेको उनले बताए ।
Leave a Reply