Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • भारतको जम्मुमा प्रहरीसँग चरमपन्थीको मुठभेड, एक प्रहरी जवानको मृत्यु

    भारतको जम्मुमा प्रहरीसँग चरमपन्थीको मुठभेड, एक प्रहरी जवानको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ९ बैशाख २०७९
  • 915
    SHARES

    एजेन्सी । भारतको जम्मुमा प्रहरीसँग भएको चरमपन्थीको मुठभेडमा एक प्रहरी जवानको मृत्यु भएको छ । भने ४ जना प्रहरी घाइते भएका छन् ।

    अहिले पनि उक्त क्षेत्रमा मुठभेड जारी रहेको जनाइएको छ । सुरक्षाबलले पूरै क्षेत्रलाई घेराबन्दी गरिसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जम्मु भ्रमण कार्यक्रमको २ दिन अगाडि यो घटना भएको हो ।



    प्रहरीका अनुसार चरमपन्थी भँडिटी क्षेत्रमा रहेको कुनै पसलमा लुकेर बसिरहेको आशंका गरिएको छ। त्यसकारण प्रहरीले सतर्कता साथ कदम चालिरहेको छ।



    जम्मुका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले उक्त क्षेत्रमा शुक्रबार बिहान ४ बजे आसपास मुडभेड भएको जनाएका छन् । प्रधानमन्त्रीको भ्रमणलाई लिएर जम्मु र साबा जिल्लामा कडा सुरक्षा व्यवस्था पारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार