Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको मारिउपोलमा जित हासिल गरेको रुसी राष्ट्रपति पुटिनको दाबी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीवार युक्रेनमा युद्धको सबैभन्दा ठुलो लडाइँमा विजयी भएको दाबी गरेका छन् ।

पुटिनले करिब दुई महिनाको घेराबन्दी पछि मारिउपोलको बन्दरगाह ‘मुक्त’ भएको घोषणा गर्दै लडाइँ जितेको दाबी गरेका हुन् । यद्यपि, अझै पनि सैयौँ युक्रेनी सैनिकहरू स्टिल कारखानामा लुकेर बसेका छन् ।

पुटिनले बिहीवार नै स्टिल कारखानामा आक्रमण गर्न आवश्यक नभएको बताउँदै त्यस्तो योजना रद्द गर्न आदेश दिएका थिए ।
युक्रेनले पुटिनको यस कदमको उपहास गरेको छ ।

आफ्ना सेनाको अन्तिम प्रतिरोधबाट बच्न यस्तो कदम चालेको भन्दै युक्रेनले पुटिनको उपहास गरेको हो । पुटिनको यस कदमलाई युक्रेनले आफ्ना फौजलाई पराजित गर्न नसकेको रूपमा अर्थ्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077