काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले पदबाट राजीनामा दिएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदमा विजयी भएका थिए ।
निर्वाचन आयोगले उम्मेदवार हुन चाहनेले कायम रहेको लाभको पदबाट राजीनामा गर्नुपर्ने प्रावधान ल्याएको थियो ।
विष्णुपुर गाउँपालिका अध्यक्ष यादवले बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी राजीनामा दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले अध्यक्ष यादवले राजीनामा दिएको पुष्टि गर्दै अध्यक्षको जिम्मामा रहेको गाडीसमेत फिर्ता भएको बताए । अध्यक्ष यादव कांग्रेसबाट पुन: विष्णुपुर गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारको आकांक्षी हुन् ।
Leave a Reply