Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डले भने-'रेशम चौधरीका विषयमा म भोलि नै सरकारसँग सिरियस कुरा गर्दैछु'

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

बिहीबार कैलालीको मसुरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै टीकापुर घटनाले ठूलो असर पारेको बताएका हुन् ।
उक्त घटनामा सामेल नभएकाहरु पनि जेलमा रहनु परेको भन्दै अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरे ।

अध्यक्ष प्रचण्डका अनुसार घटनाका मुख्य योजनाकार भनिएका निलम्बित सांसद रेशम चौधरी दोषी रहेका छन् । घटनामा रेशम चौधरीको कुनै सहभागी नरहेको पनि प्रचण्डको भनाइ थियो ।

प्रचण्डले भने, ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन् । तपाईहरुलाई थाहै छ रेशम चौधरी । म दोस्रो चोटी प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ । र, रेशमलाई भेट्यो भनेर मिडियामा ठूलो आलोचना भएको थियो ।

तर, मैले रेशमलाई भेट्न नहुने के कारण छ ? मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु भनेको थिए । हिजो मात्रै मेरो सचिवालय प्रतिनिधि गएर रेशम चौधरीसँग कुरा भएको छ र उहाँको समस्या समाधान गर्न सरकारसँग म भालि नै सिरियस कुरा गर्दैछु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077