Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गणभित्र गोली चल्दा घाइते भएकी महिला सैनिक राजवंशीको मृत्यु

    गणभित्र गोली चल्दा घाइते भएकी महिला सैनिक राजवंशीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कपिलवस्तुको गोरुसिंगेमा रहेको समशेर दल गणमा गोली लागेर गम्भीर घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ ।

    गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक जेसी शाहका अनुसार उनको ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।



    उनले उपचारका लागि राति नै राजवंशीलाई काठमाडौं लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको जानकारी दिए । राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । उनको पेटमा दुई वटा गोली लागेको बताइएको छ ।



    राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । तर सैनिक स्रोतले घटनाबारे केही खुलाएको छैन । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार