Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गोली लागेर घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

    गोली लागेर घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कपिलवस्तुको गोरुसिंगेमा रहेको समशेर दल गणमा गोली लागेर गम्भीर घाइते भएकी सैनिक जवानलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

    गणको भित्रि पोष्टमा कार्यरत झापा गौरादह-१ कि २४ वर्षीया कोपिला राजवंशीलाई गोली लागेको अवस्थामा बुधबार राती लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । बुटवलमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा लगिएको थियो।



    त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको बताइएको छ । बुधबार साँझ ७ बजेतिर भएको उक्त घटनापछि उनको छाती र पेटमा दुई वटा गोली लागेको छ ।



    सैनिक स्रोतका अनुसार राजवंशी आफैंले गोली चलाएको दाबी गरिएको छ । घटना कसरी भएकोबारे अहिलेसम्म खुलाईएको छैन । अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार