कपिलवस्तु । कपिलवस्तुको गोरुसिंगेमा रहेको समशेर दल गणमा एक महिला सिपाहीले गोली चलाएकी छन्।
गोली प्रहारबाट कोपिला राजवंशी नाम गरेकी ती सिपाही घाइते भएकी प्रहरी स्रोतले बताएको छ ।
उनले आँफैले २ राउण्ड गोली चलाएको कपिलवस्तु प्रहरीस्रोतको भनाइ छ । पेटमा गोली लागेकी उनलाई उपचारार्थ सेनाको टोलीले बुटवल ल्याएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि गम्भीर घाइते उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
घटनाको विषयमा प्रहरीले अनुसन्धानको तयारी थालेको छ ।
Leave a Reply