काठमाडौं । सर्वोच्च अदालतले ढुंगा–गिट्टी निकासीमा तत्काल रोक लगाउन परमादेश जारी गरेको छ।
बुधबार बसेको संवैधानिक इजलासले सरकारका नाममा परमादेश जारी गर्दै प्राकृतिक श्रोतको दोहन गरी गिट्टी, ढुंगा, बालुवा आदि निकासी गर्ने कार्य सम्बन्धमा संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिकाद्वारा निर्मित कानुनले अन्यथा व्यवस्था नगरेसम्म सो अनुसारको निकासी गर्ने गराउने कार्य नगर्नु नगराउनु, वातावरणीय संरक्षणको प्रभावकारी व्यवस्था मिलाउनु भनि परमादेश जारी गरेको हो।
प्राकृतिक श्रोत साधनको प्रयोगका लागि नीतिगत पुनरावलोकन गर्नु तथा वातावरण संरक्षणको सन्दर्भमा प्रभावकारी संयन्त्र निर्माण गर्न पनि परमादेशमा भनिएको छ।
बजेट पेश गर्ने सम्बन्धमा संविधानको प्रावधान तथा अदालतका पूर्व आदेशहरू समेतको पालना गर्ने गराउने तर्फ पनि अदालतले ध्यानाकर्षण गराएको छ।