काठमाडौं । स्थानीय चुनावमा भागबन्डा टुंग्याउन गठबन्धनको बैठक आज पुनः बस्ने भएको छ । चुनावी तालमेल र भागबन्डा टुंग्याउन दलहरु केही दिनदेखि लगातार छलफलमा जुठटेका छन्।
महानगर र उपमहानगरको भागबन्डा टुंग्याउन बसेको शीर्ष नेताबीचको बैठकले अझै निर्णय गर्न सकेको छैन। महानगरको विषय टुंग्गिए पनि उपमहानगरमा विवाद कायमै छ।
मंगलबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि जारी रहने भएको छ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक आज बिहान ११ बजे बालुवाटारमै बस्नेछ।
रातिदेखि आज बुधबार बिहान २ बजेसम्म छलफल गर्दा पनि जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच कुरा नमिलेपछि बैठक लम्बिएको हो। यी दुई महानगरमा दुवै पार्टीले दाबी गरेपछि कुरा मिल्न नसकेको हो।
Leave a Reply