काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक राति पुनः बस्ने भएको छ । सहमति हुन नसकेपछि केहीबेर अघि सकिएको बैठक राति पुनः १० बजे बस्न लागेको हो ।
स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन आज दिनभर बैठक बसेको थियो । महानगरको टुंगो लागेपनि उपमहानगरको भने टुंगो लगाउन बाँकी छ ।
माओवादी केन्द्रका नेता देव गुरुङले सहमति सकारात्मक भएको जानकारी दिँदै अब खाना खाएर आएपछि गृहकार्य गर्ने जानकारी दिए । उनले भने,’नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ।’
बैठकस्थलबाट निस्किएका सरकारका प्रवक्ता एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि बैठक जारी रहेको र सकारात्मक रुपमा अघि बढेको प्रतिक्रिया दिएका थिए ।
Leave a Reply