Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • फ्री-फायर गेमबाट चिनजान गरी बालिकामाथि बलात्कार गरेको आरोपमा उदास पक्राउ

    फ्री-फायर गेमबाट चिनजान गरी बालिकामाथि बलात्कार गरेको आरोपमा उदास पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । फ्रि-फायर गेममार्फत् नाबालिकासँग चिनजान गरी जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । १३ वर्षीय नाबालिगमाथि बलात्कार गरेको आरोपमा चन्द्रागिरि नगरपालिका ८ स्थित मातातीर्थबाट २७ वर्षीय महेश उदास पक्राउ परेका हुन् ।

    प्रहरी परिसर काठमाडौंका अनुसार १३ वर्षीया बालिका हराएको हुँदा खोजी पाऊँ भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । त्यसबारे काठमाडौं परिसर, मातहत वृत्त र प्रभागहरूले बालिकाको खोजी थालेको थियो। प्रहरीले विभिन्न विधिको प्रयोग गरी उदासलाई मातातीर्थमा फेला पारि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    बालिका र उदासको चिनजान अनलाइन गेम फ्री-फायरबाट भएको थियो। उनीहरू एक वर्षदेखि फ्री-फायर गेम खेल्थे। पछि उनीहरूबीच फेसबुक, मेसेन्जरमार्फत् कुराकानी हुन थाल्यो ।



    विवाहको आश्वासन दिएर चैत २९ गते पाल्पाबाट उदासले नाबालिगलाई मोटरसाइकलमा राखेर काठमाडौं ल्याएका थिए। चैत ३० गते राति काठमाडौंको टोखा नगरपालिका-६ बसुन्धारास्थित होटलमा लगेर बालिकामाथि बलात्कार गरेको आरोप छ।

    उनीमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को देहाय ‘२१९ को जवरजस्ती करणी गर्न नहुने’ कसूरमा सम्मानीत काठमाडौं जिल्ला अदालतबाट दिन-१० को म्याद थप अनुमति लिई प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार