काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँट गर्न जारी रहेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको बताइएको छ ।
स्थानीय तह निर्वाचनको तालमेल टुंग्याउन बसेको बैठक सकारात्मक रुपमा अघि बढेको सरकारका प्रवक्ता एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले भने, ‘हामी निस्कर्षको नजिकमा पुगेका छौं, बैठकमा हरेक कोणबाट विचार आएका छन् र सबै सकारात्मक रुपमा अघि बढेको छ। निस्कर्षको चरणमा प्रवेश गरेका छौं, त्यो तपाईंहरुलाई सुनाउँनेछौ।’
अहिले नेताहरु बाहिरिएका छन्। केहीसमयपछि पुनः बैठक सुरु हुने जनाइएको छ।
Leave a Reply