काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित प्रदेश र जिल्लाका नेताहरूसँग छलफल गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगर र उपमहानगरको सिट बाँडफाँडमा समस्या भएपछि देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयर पद छाड्नुपर्ने बताएका छन् ।
मंगलबार चितवन जिल्ला सभापति राजेश्वर खनाललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले भरतपुरको मेयर पद माओवादी केन्द्रलाई दिनुपर्ने बताएका हुन् ।
गठबन्धन दलले सोमबार दिनभर छलफल गरेर पनि महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको सिट बाँडफाँट टुंग्याउन सकेका छैनन् ।
‘काठमाडौं, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्यो’ देउवाले खनालसँग भनेका थिए ।
Leave a Reply