Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बैंक तथा वित्तीय संस्थाहरुसँग ऋण लिदैँ आयल निगम

काठमाडौं । नेपाल आयल निगमले मूल्य स्थिरीकरण कोष रित्तिएपछि बैंक तथा वित्तीय संस्थाहरुसँग ऋण लिन प्रक्रिया अघि बढाएको छ ।

कोष पनि रित्तिएपछि निगमले ऋण लिनका लागि प्रक्रिया अघि बढाएको हो । जसअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकबाट निगमले दुई अर्ब रुपैयाँ ऋण लिँदैछ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा निरन्तर घाटा ब्यहोर्दै आएको निगमले असार मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ रहेको कोष अहिले रित्तिएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्न अपुग रकम हालसम्म निगमले यहीं कोषबाट झिकेर तिर्दै आएको थियो ।

आईओसीबाट पछिल्लो समय प्राप्त मूल्यसूची र हालको इन्धन मागअनुसार प्रतिमहिना नोक्सानी ७ अर्ब ४७ करोड रहेको निगमले जनाएको छ । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर १८ रुपैयाँ १६ पैसा, डिजेलमा ३० रुपैयाँ ५ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५१ रुपैयाँ नोक्सान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077