Online Nepal
  • बुधबार, १० पुष २०८१
  • स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुन्छः प्रमुख निर्वाचन आयुक्त

    स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुन्छः प्रमुख निर्वाचन आयुक्त

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरेका छन् । साथै उनले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सर्ने कुनै सम्भावना नरहेको बताएका हुन् ।



    मंगलबार राजधानीमा पत्रकारसँग भएको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गरेका हुन् ।



    एमाले केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार