काठमाडौं । सत्ता गठबन्धनको बैठक दिउँसो दुई बजे बस्ने भएको छ । विहान साढे ११ बजेका लागि तय भएको बैठक दिउँसो दुई बजेलाई सारिएको हो ।
बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उपमहानपालिकाहरुको भागबण्डा टुंगो लागेको छैन ।
सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन ।
Leave a Reply