Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निलम्बित गभर्नर अधिकारीको रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं । सरकारले छानबिन समिति बनाएपछि निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारी उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुँदैछ।

आइतबार दर्ता भएको रिटको पहिलो सुनुवाइका लागि आज पेसी तोकिएको छ। सरकारले आफूमाथि गरेको छानबिन गैरकानुनी भन्दै छानबिन समितिको गठनसँगै भएको निलम्बन गैरकानुनी भन्दै अधिकारीले आइतबार लगेको रिट सोमबार दर्ता भएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले दर्ता प्रक्रिया पूरा भएको र पेसी मंगलारलाई तोकिएको जानकारी दिए । उनले प्रारम्भिक सुनुवाइ मंगलबार हुने बताए ।

सरकारले गभर्नरमाथि गत चैत २५ मा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नरबाट निलम्बित भएका थिए । रिटमार्फत अधिकारीले आफूमाथि गरिएको निलम्बन फुकुवा गरि पूर्ववत् रुपमा काम कारबाही गर्न दिन अन्तरीम आदेशको माग गरेका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077